आमाछोराले एकैसाथ पर्खालबाट हाम फालेः ७४ वर्षीया आमाको मृत्यु, छोरा घाइते

आमाछोराले एकैसाथ पर्खालबाट हाम फालेः ७४ वर्षीया आमाको मृत्यु, छोरा घाइते

death body

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ५ कमेरेटारमा आमा–छोराले करिब ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।

गएराति करिब साढे १० बजेतिर पर्खालबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि बीर अस्पतालमा थप उपचार भइरहेको छ।

मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्दथे। उनीहरु दुवैजना डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गर्दै आइरहेको भन्ने बुझिन आएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds