आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

nirbachan_aayog 1

काठमाडौँ । निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।

यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा परेका दाबी विरोध तथा उजुरीको जाँचबुझ गरी बिहीबार साँझ अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

साँझ नामावली प्रकाशन गरेपछि उम्मेदवारी फिर्ताका लागि शुक्रबार एक दिन दिइने छ । शनिबार आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी उम्मेदवार रहेका छन् भने सबैभन्दा कम उम्मेदवार सुदूरपश्चिममा रहेका छन् । यस्तै पार्टीगत रुपमा नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ