गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा कमिटि -१५ ले भेला तथा उम्मेद्वार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय तहको निर्वाचन नजिकिएसँगै आफ्ना उम्मेद्वारलाई निर्वाचित गराउन युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै युवा संघले युथफोर्स गठन तथा उम्मेद्वार परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि युवा संघ नेपालका सचिव, गण्डकी प्रदेशका संयोजक तथा मादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी महेन्द्र गुरुङले अब छिट्टै नै अपवित्र गठबन्धनलाई परास्त गरेर अगाडि बढ्नुपर्ने बताए। उनले अहिलेको सरकारले मतपत्रमा रातो रहेको सूर्यलाई हरियो बनाएर भ्रम छर्ने प्रयास गरेकाले अब घर-घरमा युवाहरु गएर जनतालाई प्रशिक्षण गराई हरियो रुखको पातलाई सूर्यले जलाएर सुकाउनु पर्ने बताए। एमालेको सरकार हुँदा युवाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने तयारी गरेको अवस्थामा अहिलेको सरकारले पैसा तिरेर पनि सामान किन्न नपाइने अवस्थामा देशलाई पुर्याएको आरोप लगाए।
कार्यक्रममा पोखरा -१५ का कार्यवाहक अध्यक्ष खेम बहादुर थापाले २०७४ को निर्वाचनमा ५ वटै पदमा एमालेले जीत हासिल गरेको स्मरण गर्दै यसपालिको निर्वाचनमा पनि फराकिलो मत अन्तरले विजयी हुने विश्वास गरे। थापाले सडकमा झन्डै ९० प्रतिशत काम भएको दाबी गर्दै, वडा बासी महिलाहरुका लागि सीप तथा प्रशिक्षण, गरीब तथा बिपन्न बालबालिकालाई पढाउने व्यवस्था गरेको जानकारी दिए।
यस्तै, युवासंघका तर्फबाट युवाहरुले आफ्नो वडामा खेलकुद, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, विपन्न वर्गका लागि कार्यक्रम र युवा स्वरोजगारका कार्यक्रम ल्याउन उम्मेद्वारहरुलाई ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा आफ्नो परिचय दिँदै नेकपा एमाले दलित महिला सदस्यकी उम्मेद्वार मन्दिरा परियारले सूर्यमा मतदान गर्दै फराकिलो मतान्तरले बिजयी गराउन आग्रह गरिन्। यस्तै खुला सदस्यका उम्मेदवार वलराम पौडेलले युवा शक्तिलाई प्राविधिक शिक्षामा जोड दिँदै विश्व बजारमा श्रम लैजान र रोजगारीको सृजना गर्न युवाहरुलाई आग्रह गरे। खुल्ला सदस्य पदका युवा उम्मेद्वार आशिष भण्डारीले युवाहरुले माग गरेको खेलकुद, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई आफूले प्राथमिकतामा राखेको भन्दै निर्वाचित भएको खण्डमा त्यस कार्यलाई अगाडि बढाउने बताए।
यस्तै, वर्तमान वडा सदस्य, कास्की जिल्ला खेलकुद समिति अध्यक्ष, जिल्ला समन्वय कास्कीका सदस्य, तथा पर्यटन व्यवसायी तोरण बहादुर बानियाँले ‘मनमा इमान्दारी, हृदयमा समझदारी समग्र वडा नं -१५ को विकास र परिवर्तन हाम्रो जिम्मेवारी’ भन्ने उद्घोषका साथ आफूले नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएको बताए। उनले मानिस भएर जमिएपछि एकदिन संसार छोड्नु पर्ने स्पष्ट हुँदाहुँदै जन्मिएर आएको र भोली मर्ने समय बीचको कार्यलाई समाज, जनता र देशको लागि योगदान दिन सके जन्मिएको सार्थक हुने भन्दै राजनीतिमा होमिएको बताए। उनले गठबन्धनको सरकारले बर्खास्त गरेपछि पुनः वडा नं -१५ लाई अगाडि बढाउनु पर्छ, यहाँका जनतालाई अगाडि बढाउनु पर्छ र यहाँका धेरै चुनौती, समस्या र विकासका अधुरा कामहरुलाई अगाडि बढाउनु पर्छ भनेर अगाडि उभिएको बताए।
उनले युवाहरुतर्फ संकेत गर्दै जित हासिलका लागि युवा शक्तिको भूमिका महत्वपूर्ण रहने भन्दै युवाले काँधमा काँध साथमा साथ दिएको खण्डमा जीत हासिल गर्न सकिने र सोचेको लक्ष प्राप्ति गर्न सकिने दाबी गरे।
अहिलेको समयमा बाटो-घाटो, पुल पुलेसा र पूर्वाधार मात्रै विकास नभएको बताउँदै अबको विकास भनेको युवालाई स्वरोजगार गर्नु, महिलाहरुलाई उत्पादनशील कार्यमा लगाउनु, शिक्षा, तालिम सूचना र स्वास्थ्यसँग जोड्न सकियो भने मात्रै समाज, जनता र देशका लागि काम गर्न सकिने बताए। पूर्वाधारहरुमा धेरै रकम खर्चिएको अवस्थामा अबको काम मानविय विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र उद्धमशीलतामा लगाउनुपर्ने भन्दै उनले वडा नं -१५ लाई पनि महिलासँग जोडिएका उधमशिलता र युवासँग जोडिएका तालिम जस्ता काममा जोडिएर वडा नं -१५ लाई धेरै युवाहरुले रोजगारी प्राप्त गर्ने वडाको रुपमा विकास गर्ने जिकिर गरे।
सोही कार्यक्रममा विभिन्न पार्टीबाट युथफोर्स र युवा संघमा प्रवेश गरेका ३३ जना युवालाई खादा लगाएर स्वागत गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि विकास अधिकारी, वडा नं -१५ का वडा अध्यक्ष जिल्ला कमिटि सदस्य तथा इन्चार्ज प्रकाश पौडेल, निर्वाचन कमिटिका संयोजक पूर्व अध्यक्ष शिव बहादुर बानियाँ, सह संयोजक माधव गौतम, न्यायिक समितिका सदस्य तथा पार्टी सचिव पार्वती कार्की लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सन्तोष बिकले गरेका थिए।
भिडियो
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर