काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको बताएका छन् ।
ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’
मंगलबार ओलीले कांग्रेसको घोषणापत्र ‘पागलहरुको प्रलाप’ भएको र एमालेलाई गाली गरेर एमालेकै घोषणाापत्रबाट चोरी गरिएको बताएका थिए ।
बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले घोषणापत्रको सुरुवातमा नै खेर गएको पाँच वर्ष उल्लेख गरिएको र अघिल्लो सरकारको आलोचना गरेकाले ओलीलाई असह्य भएको बताए। ‘संकल्पपत्रको सुरुवातमै खेर गएको पाँच वर्ष शीर्षकमा हामीले अघिल्लो सरकारको आलोचना गरेका छौं। त्यहाँ उहाँको स्तुतीगान राख्ने कुरा पनि भएन। प्रसंशाको एकालाप सुन्ने बानी हुनुभएकाले उहाँले आलोचना सहन सक्नुभएन,’ उनले भने, ‘बूढाबा सनक्क सन्किँदै गर्दा शरीरलाई अप्ठ्यारो पर्न सक्छ।’
ओलीले लजिक नभई म्याजिक मन पराउने थापाले टिप्पणी गरे। ‘कन्टेन्टमा कमेन्ट गर्नुभयो कि, हाम्रा पनि केही कमजोरी भए कि भनेर सुन्दा त केही पनि रहेनछ। बरु हाम्रो घोषणापत्रमा केही पनि छैन भनिदिनुभएछ। ठिकै हो उहाँलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ। हाम्रो संकल्पपत्रमा म्याजिक छैन, लजिक छ,’ उनले भने।
ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईंकै आइडिया हो ।’ थापाले भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते