सरकारले लगायो विभिन्न १० बिलासी वस्तुको आयातमा प्रतिबन्ध (सूचीसहित)

सरकारले लगायो विभिन्न १० बिलासी वस्तुको आयातमा प्रतिबन्ध (सूचीसहित)

aayata

काठमाण्डौ।  विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको जनाएको छ ।

मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा पर्ने छैन ।

साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ च्यानलबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेकाहरुको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ ।

आयात बन्द गरिएका वस्तुहरु

१) कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु
२) सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३) चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक)
४) हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५) मोबाइल सेट
६) रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि)
७) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक)
८) २५० सीसीभन्दा माथिका मोटरसाइकल
९) सबै प्रकारका खेलौनाहरु
१०) खेल्ने तास

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds