वालिङ -१३ मा अध्यक्षका लागि मंगोल नेशनल अर्जनाइजेसनबाट आश बहादुर गुरुङको उम्मेद्वारी

वालिङ -१३ मा अध्यक्षका लागि मंगोल नेशनल अर्जनाइजेसनबाट आश बहादुर गुरुङको उम्मेद्वारी

ash-bdr-grg

वालिङ। स्याङ्गजाको वालिङ् नगरपालिका वडा नं -१३ को अध्यक्ष पदका लागि मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) का आश बहादुर गुरुङले उम्मेद्वारी दिएका छन्।
समान अधिकार, मूल बासीको अस्तित्व रक्षा, पहिचान र मूलवासीहरुको आर्थिक, सामाजिक र शैक्षिक हक अधिकारका लागि भन्दै गुरुङले वडा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन्।

वालिङ नगरपालिका -१२ सिर्सेकोटमा जन्मिएका गुरुङ हाल वालिङ -१३ बायाटारीमा व्यवसाय गर्दै आइरहेका छन्। भूपू भारतीय सैनिक समेत रहेका गुरुङले आफू निर्वाचित भएको खण्डमा मूलवासीको हकहित र अधिकारका लागि आवाज उठाउने र छुवाछुतमुक्त समाज बनाउनका लागि भूमिका खेल्ने बताए।

उनले वडाको दिगो विकासका साथै वडालाई स्वच्छ सफा र भष्ट्राचार मुक्त बनाउँदै नमुना वडाको रुपमा परिचित बनाउन पहल गर्ने दाबी गरे।
उनले आफ्नो वडाको हरेक टोल-टोलमा सडकको निर्माण र स्वच्छ खानेपानीका लागि काम गर्ने बताए।

आफ्नो अस्तित्वको रक्षा गर्दै एकजुट भएर वर्णभेदी नीतिको खुलेर विरोध गर्दै समग्र वडाको विकास र समृद्धिका लागि काम गर्न आफूले उम्मेद्वारी दिएको गुरुङले स्पष्ट पारे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ