स्याङजामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

स्याङजामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

accident

स्याङजा । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले च्यापिदा स्याङजा हरिनास–१ सालडाँडाका अन्दाजी ६५ वर्षीय बुद्ध भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुटियाखोलाबाट ढुङ्गा लोड गरि सालडाँडा तर्फ जाँदै गरेको ना ६ त १८१९ नम्बरको ट्याक्टरबाट भुजेल अचानक खसेर ट्याक्टरको चक्काले च्यापिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ