केही स्थानमा बदली र वर्षा हुने

केही स्थानमा बदली र वर्षा हुने

mausam

पोखरा । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ।

अहिले बिहान हाल पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो देशको  गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds