ट्रक चालकलाई कुटेर सामाजिक सञ्जालमा भाइरल पोखराका मिन बहादुर मगर पक्राउ

ट्रक चालकलाई कुटेर सामाजिक सञ्जालमा भाइरल पोखराका मिन बहादुर मगर पक्राउ

KUTPIT

पोखरा। सवारी दुर्घटना पछि ट्रक चालक कुट्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी जिल्ला घर भइ हाल पोखरा महानगरपालिका -१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिन बहादुर मगर रहेका छन्।

गत शनिबार पोखरा-बागलुङ सडक खण्ड अन्तर्गत पर्ने पोखरा -५ फिर्केस्थित ट्रक र मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालक मगरले ट्रकका चालकलाई कुटपिट गरेका थिए। कुटाई खाने ट्रकका चालक बाराका ३२ वर्षीय नवराज कार्की हुन्।

मगरले कुटपिट गरेको भिडियो सामाजिक संजालमा समेत भाइरल बनेको थियो। भिडियोमा कुटाई खाने चालक कार्कीले बिलौना गरी माफ माग्दै बचाउन आग्रह गरिरहँदा पनि मगरले लगातार उनीमाथि मुड्की बजारेको देख्न सकिन्छ। भिडियोमा सामाजिक संजाल प्रयोगकर्ताले चासो र चिन्ता व्यक्त गर्दै कुटपिट गर्ने मोटरसाइकल चालक विरुद्ध कारवाही हुनुपर्ने माग गरेका छन् । कुटपिटबाट घाइते कार्की गण्डकी मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन्।

उता, चालक कुटिएको घटनामा दोषीमाथि कडा कारबाही गर्न ट्रक चालकहरुले पनि माग गरेका थिए। ट्रक चालकहरुको संस्था स्वतन्त्र चालक समाज सिमरा, सवारी चालक समाज धादिङ तथा नेपाली सवारी चालक समाज काठमाडौंले घटनामा दोषीमाथि कडा कारबाही नभए आगामी बैशाख १६ गतेदेखि आन्दोलन सुरु गर्ने जनाएका थिए।

घटनामा पीडितको जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीले कुटपिट गर्ने चालक मगरलाई नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

यस्तो छ पीडितको जाहेरी 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds