पाेखरामा मेयर पदमा एमालेले दीपक पाैडेलकाे सट्टामा कृष्ण थापालाई उम्मेदवार बनाइरहँदा काँग्रेसले पनि उपमेयरमा सुरेन्द्रमान बिजुक्छेकाे स्थानमा काेपिला रानाभाटलाई अन्तिम अवस्थामा अघि सारेकाे छ ।
गठबन्धनबाट मेयर पद एकीकृत समाजवादीकाे भागमा परेकाेमा उपमेयर काँग्रेसले लिएकाे हाे । मेयरका उम्मेदवार धनराज अाचार्य र उपमेयर उम्मेदवार रानाभाटले मनाेनयन दर्ता गरिसकेका छन् ।
नेपाली कांग्रेस, कार्यसम्पादन समितिको निर्णयानुसार सभापति शेरबहादुर देउवाले पाेखराकाे उपमेयरमा बिजुक्छे र भरतपुरकाे उपमेयरमा चित्रसेन अधिकारीलाई सोमबार बिहान मात्र टिकट दिएका हुन् । तर, पछि सुरेन्द्रमानकाे स्थानमा काेपिलालाई टिकट दिएर मनाेनयन दर्ता गरेकाे हाे । सुरेन्द्रमान पोखरा महानगर सभापति हुन् ।
सत्ता गठबन्धनबीच भरतपुरको मेयर माओवादी केन्द्र र पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । उक्त सहमति अनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रले रेनु दाहाल र पोखरामा एकीकृत समाजवादीले धनराज आचार्यलाई उम्मेदवार बनाइसकेका छन् । तर, कांग्रेसभित्र भने भरतपुर र पोखरा महानगरको मेयर अन्य दललाई दिएको भन्दै असन्तुष्टि चुलिएको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते