गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गोरखा । नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका लागि राजनराज पन्तलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मेयरको टिकटलाई लिएर विवाद बढ्दै गएपछि हालका मेयर पन्तलाई नै उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।
यसअघि गण्डकी प्रदेश संसदीय समितिले विश्वदेव श्रेष्ठलाई मेयरका लागि टिकट दिएको थियो । तर उनीमाथि पार्टीभित्रकै विरोधी कार्यकर्ताले कुटपिट गरेका थिए। उनको हात र अनुहारमा चोट लागेको छ ।
उनले मेयरको टिकट ल्याएपछि असन्तुष्ट पक्षले पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै पार्टी कार्यालयमा ताला र बाहिर प्रदर्शनसमेत गरेका थिए ।
उनीहरूले कमजोर जनआधार भएका श्रेष्ठलाई मेयरको टिकट दिएको भन्दै विरोध गरेका थिए ।
सम्बन्धित खबर
गोरखा नगरपालिका ५ को अध्यक्षमा माओवादी केन्द्रका विष्णु विजयी
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा