पोखराको मेयरमा एमालेबाट उम्मेदवार बनेका थापाले प्रदेश सांसदबाट दिए राजीनामा

पोखराको मेयरमा एमालेबाट उम्मेदवार बनेका थापाले प्रदेश सांसदबाट दिए राजीनामा

278975069_1136490310465845_6976241410435038802_n

पोखरा । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदमा उनको नाम टुंगाएसँगै थापाले सांसद पदबाट राजीनामा दिएका हुन्।

थापाले आज सोमबार गण्कीका सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्। अब केहीबेरमा उनी निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने बताएका छन्।

थापा २०७४ सालमा कास्की २ (क)बाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds