पोखरा – नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार फेरेको छ । उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले अनिच्छा देखाएपनि उनलाई नै उपमेयर उठाइने भएको छ ।
यसअघि टिकट दिइएका दीपक पौडेल विरुद्ध चोरी आरोपको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । भिडियोले मेयरका उम्मेदवार पौडेललाई मात्र होइन, पार्टीमाथि नै प्रहार हुन थालेपछि पार्टी उम्मेदवार फेर्ने निर्णयमा पुगेको हो ।
एमालेभित्रै र बाहिर उनलाई कमजोर उम्मेदवारका रुपमा चित्रण गरिएको थियो । सत्ता गठबन्धनका उम्मेदवार अर्थात् एमालेबाटै बाहिरिएका नेकपा समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यकाे उम्मेदवारीलाई एमालेको यो निर्णयले सहज बनाइदिएको टिप्पणी समेत भएको थियो ।
मेयरका उम्मेदवार थापा अहिले गण्डकी प्रदेश सभा सदस्य हुन् । उनले अब राजीनामा गरी उम्मेदवारी मनोनयन दर्ता गराउनुपर्ने हुन्छ । २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुन् थापा । उनको कार्यकाल सफल मानिन्छ । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।
उपमेयरमा भने पुनः मन्जुदेवी गुरुङ नै उम्मेदवार बनेकी छन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन् । गुरुङले एमाले पोखरा महानगर कमिटीले पार्टीभित्र आन्तरिक उम्मेदवारी माग्दा इच्छा देखाएकी थिइनन् । मेयरमा समेत आकांक्षी थिइनन् ।
थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन् । यसअघि, उम्मेदवार चयन गरिएका पौडेल भने पार्टी वरियतामा मञ्जु भन्दा तल थिए । त्यसैले पनि वरियताका कारण उनको असन्तुष्टि हुन सक्छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते