पाेखरा । नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय तहकाे चुनावमा भाग लिने भएको छ । कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै एक्लै चुनावमा जाने निर्णय गरेको हो ।
कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो । तर, विज्ञप्तीमा भने पाेखरा महानगरकाे प्रसंग उल्लेख गरिएकाे छैन । पोखरा महानगरपालिका बाहेक कास्कीका अन्य स्थानीय तहमा मात्र गठबन्धन नहुने भएकाे हाे ।
कास्की कांग्रेसका सचिव भानु ढकालले जारी गरेको विज्ञप्तिमा कार्यकर्ताहरु बिचको व्यापक असन्तुष्टि, कार्यकर्ताहरु र विभिन्न वडा इकाई सभापतिहरुको गठबन्धन नगर्ने राय, सुझावका कारण केन्द्रको निर्णय जिल्लाले हुबहु स्वीकार्न नसकेको उल्लेख छ ।

सभापति, सचिवसहितको टोलीलाई ताला लगाएर थुने कार्यकर्ताले !
आज दिउँसो सत्तारुढ दलसहित पोखराको लेकसाईडस्थित होटल स्नोल्याण्डमा बसेको बैठकमा कांग्रेसका सयौं कार्यकर्ताहरु पुगी कांग्रेस सभापति किशोरदत्त बराल, सचिवहरू लगायतको टोलीलाई नै जिल्ला पार्टी कार्यालयमा लगी सभापतिको कक्षमा ताला लगाएर ३ घण्टासम्म थुनेका थिए ।
थुनिएका नेताहरुले गठबन्धन मान्दैनौं र कार्यकर्ताहरुको चाहना अनुरुप अघि बढ्छौं भन्ने विज्ञप्ति जारी गरेपछि मात्र ताला खोलिएको जनाइएकाे छ । तर, याे तालाबन्दी फण्डामा पनि सचिव नै संलग्न रहेकाे श्राेतले जनाएकाे छ ।
कुनै पनि हालतमा गठबन्धन गर्न नहुने भन्दै रुष्ट भएका कार्यकर्ताहरुले पार्टी कार्यालय नै तोडफोड गर्न थालेपछि प्रहरी प्रशासनले सुरक्षा दिनु परेको थियो ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते