आइतबारसम्म पोखरा महानगरको मेयरका लागि १० जनाको उम्मेदवारी दर्ता

आइतबारसम्म पोखरा महानगरको मेयरका लागि १० जनाको उम्मेदवारी दर्ता

Election-kaski

पोखरा। निर्वाचन आयोगको कार्यालय पोखरामा महानगरको मेयर पदका लागि आइतबारसम्म १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वारी दिएकामध्ये ४ जना पार्टीका उम्मेदवार छन् भने, ६ जनाले स्वतन्त्रबाट उम्मेद्वारी दिएका छन्।

उम्मेद्वारी दिने पार्टीका उम्मेदवारहरुमा सञ्जय तिमिल्सिना मौलिक जरोकिलो पार्टी, भोजराज खनाल सचेत नेपाली पार्टी, मुक्तिनाथ सुवेदी नेपाली जनता दल र प्रेम प्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसनका छन्।
यस्तै, लेखक गणेश पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो ।

कार्यालयका अनुसार आइतबारसम्म मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु गरी ४७ जनाको उम्मेदवारी परेको छ । आयोगले मेयर र उपमेयरमा उम्मेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ