पोखराको मेयरमा दुई जना स्वतन्त्र उम्मेदवारले गरे मनोनयन दर्ता

पोखराको मेयरमा दुई जना स्वतन्त्र उम्मेदवारले गरे मनोनयन दर्ता

pokhara office photo

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्की र अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेलले पोखरा महानगर मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरु दुवै पोखरा १४ का बासिन्दा हुन् । उनीहरुले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गणेश पौडेलको समर्थक सरोज जीसी र प्रस्तावकमा अप्सरा अधिकारी छन् । त्यसैगरी विमलबहादुर कार्की प्रस्तावकमा फणिन्द्र कार्की र समर्थकमा खिमबहादुर घर्ती रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds