नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि पौडेललाई मेयर र मञ्जुदेवी गुरुङलाई उपमेयर उठाउने निर्णय गरेको हो ।
मेयरका उम्मेदवार पौडेल एमाले महानगर कमिटीका पूर्वअध्यक्ष हुन् । पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए । जसमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाइँ भएपछि मतदान गर्ने तय समेत भइसकेको थियो । तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट गरिएको छ । लामो समय शिक्षक आन्दोलनमा जोडिएका उनी ओली निकट मानिन्छन् ।
मञ्जुदेवी अहिले पनि उपमेयर हुन् । उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर, अरु ११ दाबेदारलाई छाडेर एमालेले उनलाई टिकट दिएको छ ।
सम्बन्धित समाचारः
पोखराको मेयर उम्मेदवार छान्न पृथ्वीसुब्बा र खगराज पक्षबीच संघर्ष
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ