काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन्।
उनले शुक्रबार काठमाडौँको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग विवाह गरेकी हुन्। उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो।
वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ। हामी नयाँ जीन्दगीको सुरूआत गर्न गइरहेका छौं । तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम’ आशिष र वर्षा।
वर्षाका श्रीमान् पेशाले इन्जिनियर हुन्। उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। उनको नेपाल घर भने बालुवाटार रहेको बुझिएको छ। गत महिना मात्र वर्षा आशिषलाई भेट्नका लागि अमेरिका गएकी थिइन् । त्यहीँ उनीहरुको विवाहको मिति तय भएको थियो।
फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गरेकी वर्षाले करिअरको छोटो अवधिमा दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।

सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर