बागलुङ । ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा दुर्गम खानीगाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि दुर्गमको परिचय बदलिएको छ।
नेपाल टेलिकमले गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा प्रवाह गरेसँगै स्थानिय बासिन्दा खुसी भएका छन्।
यसभन्दा पहिले सूचना र सञ्चारको लागि उक्त गाउँका बासिन्दा हुलाक र कट्टवालको भर पर्दै आएका थिए। नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेपछि अहिले ढोरपाटन नगरपालिकाको वडा नं ६ स्थित खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन।
भौगोलिक हिसाबले विकट मानिने उक्त गाउँमा मोवाईल सेवा नहुँदा स्थानियले कठिनाई झेल्दै आएका थिए । कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न गराउन सम्बन्धित ठाउँमै पुग्नु पर्ने बाध्यता मोवाईल सेवा पुगेपछि हटेको छ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।
आर्थिक हिसाबले भन्दा पनि दुरदराज र विकट बस्तीमा सेवा पुराउने उद्येश्यले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याईएको उनले बताए । शर्माले भनें ूजिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोवाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ।
यो गाउँमा पहिले नेटवर्क नै थिएन अधिकांश भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भूभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाइ छ।
स्थानियबासी सँग समन्वय र नेपाल टेलिकम सँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोवाईल सेवा सुचारु गर्न सफल भएको स्थानिय समाजसेवी रेशम बुढा मगरले जानकारी दिए। टेलिकमले उक्त स्थानमा मोवाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिले देखि गृहकार्य गरेको भएतापनि कोभिडको कारण केहि ढिलाई भएको जनाएको छ।
टेलिकमले उक्त टावरमा निकट भविष्यमा अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराईने जनाएको छ। सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ।
मोवाईल सेवा सुचारु भएपछि पहिले डाँडा तिर धाउनु पर्ने बाध्यता हटेको स्थानियले बताएका छन्। भौगोलिक विकटता सँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न र मोवाईलमा ईन्टरनेट चलाउन पाउँदा खानीगाउँबासी हर्षित भएका छन्।
सम्बन्धित खबर
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो