भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडपः ७ जनाको मृत्यु, ४ घाइते

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडपः ७ जनाको मृत्यु, ४ घाइते

jhadap1

काठमाडौँ । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाको मृत्यु भएको छ । झडपमा ४ जना घाइते भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भइरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ। प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी समूहहरुसँग झडप भएको जनाइएको छ।

झडपमा अहिलेसम्म २ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। झडपमा ५ जना आतंककारीहरु मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदी आगामी आइतबार जम्मु कश्मिरको भ्रमणमा जाने तयारीमा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ