श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

goli

काठमाडौँ । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

घटनामा ११ जना प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनमा खटिएका १० जना प्रहरी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

घाइतेहरूलाई केगले अस्पतालमा भर्ना गरिएको छ। श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो।

श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश बढ्दो छ। उनीहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ