राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन

राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन

Dipta_Prakash_Shah

काठमाडौँ । राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ ।

शाहको मङ्गलबार काठमाडौँको गैरीधारामा रहेको निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी थिए ।

२०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उनी राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत भए । शाहको जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ