बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु

बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु

mrita fela

काठमाडौँ । भक्तपुरमा बिस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर एक जनाको मृत्यु भएको छ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो।

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो। रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ