पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैयाँ संकलन भएको छ।
पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबार सम्म ४७ लाख रुपैयाँ संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए।
महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः १० लाख रुपैयाँ महायज्ञमा आर्थिक सहयोग गरेको छ । यस अघिको महायज्ञमा १० लाख सहयोग गरेको बैंकले दोश्रो महायज्ञमा पुनः सहयोग गरेको हो ।

मनकामना केवलकारका संचालक राजेश बाबु श्रेष्ठले दोश्रो महायज्ञमा पनुः ५ लाख रुपैयाँ सहयोग गरेका छन् । यस अघि पहिलो पटकको महायज्ञमा उनले २५ लाख सहयोग गरेका थिए । बागलुङ निवासी हाल पोखरा गलेश्वरचोक बस्दै आएका रिदम चापागाईले २ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा सहयोग गरेको आर्थिक उपसमिति संयोजक बरालले जनाए । महायज्ञको तेश्रो दिन मंगलबार पोखरा र पोखरा भन्दा बाहिरबाट दाताहरुको उल्लेखनिय रुपमा सहभागिता हुने भएको उनले बताए । दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए।
२०७३ फागुन ३ देखि १३ गतेसम्म संचाल नभएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको बताएका समितिका अध्यक्ष चन्द्रकान्त बरालले यस पाली करिब ६ करोड संकलन हुने अपेक्षा गरिएको जनाए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमल नयन गौतम रहेका छन्। बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने भएको समितिले जनाएको छ।

परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड (गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालयलगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन