कांग्रेस पाेखरा महानगर समितिले पनि भन्याे– ‘हैसियतभन्दा ठूलाे माग राखेर समय बर्बाद गरे’

कांग्रेस पाेखरा महानगर समितिले पनि भन्याे– ‘हैसियतभन्दा ठूलाे माग राखेर समय बर्बाद गरे’

nepali-congress

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरको प्रमुख पद कांग्रेसलाई नै चाहिने जनाएको छ ।

सचिवद्वय टुबराज बास्तोला र गणेशबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरी कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरुसमेत नेतृत्व लिन सक्ने अवस्था रहेको जनाएका छन् ।

गठबन्धनमा रहेका दलहरुले आफ्नो हैसियत भन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएको उनीहरुको आरोप छ । कांग्रेसका उम्मेदवार घोषणा गर्न महानगर समितिले माग गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds