पाल्पामा ७० वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ

पाल्पामा ७० वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ

rape

पाल्पा। ७० वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नं -४ भैरबस्थान निवासी २७ वर्षीय संजय सुनारलाई वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

सुनारले ती वृद्धालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जबर्जस्ती करणी कसुर अन्तर्गत अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ