अर्थमन्त्री फेर्ने एजेण्डा छैनः प्रचण्ड

अर्थमन्त्री फेर्ने एजेण्डा छैनः प्रचण्ड

Prachanda dahal

file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री नफेरिने बताएका छन् ।

आज सोमबार पार्टी कार्यालयमा पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताएका हुन् । ‘अर्थमन्त्री फेर्ने कुरा कहीँ एजेण्डामा छैन । चर्चामा पनि छैन ।’ उनले भने ।

हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । अर्थमन्त्री शर्माले लिएका कतिपय नीति र निर्णयको कारण अर्थतन्त्र संकट उन्मुख भएको भन्दै उनलाई हटाउनुपर्ने चर्चा चलिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ