वालिङ जीप दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

वालिङ जीप दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

syangja accidenttt

तस्वीर सौजन्यः रोहित डुम्रे

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट थुमपोखरा तर्फ गुडेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ