नेकपा एकीकृत समाजवादीबाट पोखरा महानगरपालिकाको मेयरमा १३ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको सचिव होम नेपालीले जानकारी दिए ।
एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
‘आकांक्षी धेरै हुनुभयो । इच्छुक सबैको नाम उपल्लो कमिटीमा पठाइएको छ । अब अरु काम त्यहीँबाट हुन्छ,’ एक जिल्ला नेताले भने – ‘धेरैले नाम टिपाएपनि पार्टीले पोखरामा प्रमुख पायो भने पनि टिकट पाउनेमा धनराजकै अधिक सम्भावना छ । त्यसपछि, श्रीनाथ बरालको सम्भावना छ ।’
त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ । तर, नपाए उपप्रमुख हाम्रो हुन्छ,’ सचिव नेपालीले भने ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन