पल प्रकरण: पीडितले अदालतमा बयान फेर्दै भनिन्- ‘बलात्कार भएकाे हाेइन, उक्साहटमा लागेँ’

पल प्रकरण: पीडितले अदालतमा बयान फेर्दै भनिन्- ‘बलात्कार भएकाे हाेइन, उक्साहटमा लागेँ’

pal-shah

नायक पल शाह विरूद्ध जबर्जस्ती करणी मुद्धा दायर गरेकी पीडित बालिकाले अदालतमा बयान पूरै फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । बालिकाका बुबाले पल विरूद्ध तनहुँ र नवलपुरमा किटानी जाहेरी दिएका थिए । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।

बालिकाकै तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीकाे भनाइ उदृत गर्दै नेपाल प्रेसले लेखेकाे छः ‘होस्टाइल भइन्, बयान पूरै रेडिमेड दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ