धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान साढे ७ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेको बा९च ७०३६ नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना६ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।
हायसमा सवार तनहुँ दमौलीकी २६ वर्षीया मुना गुरूङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा घाइते भएकी उनको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।
दुर्घटनामा माइक्रोका सहचालक तनहुँको व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, दमौली घाँसेकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, व्यास नगरपालिका ३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, म्याग्दी गापा १ बस्ने ४८ वर्षीय राजु लम्साल, वतन नखुलेको ३५ वर्षीय पूर्णबहादुर नेपाली घाइते भएका छन् ।
यस्तै तनहुँ व्यास नगरपालिका १० बस्ने ५१ वर्षीय टिकाबहादुर दराइ, बन्दिपुर गाउँपालिका १ बस्ने ३८ वर्षीय अर्जुन विश्वकर्मा, ४६ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, दमौली–१० बस्ने २५ वर्षीय जितु सुनार, व्यास नरपालिका ११ बस्ने ४५ वर्षीया मिरा खड्का, सोही ठाउँका ४० वर्षीया सरस्वती राई, तनहुँ व्यास नगरपालिका ११ बस्ने ४५ वर्षीया मीरा खड्का, सोही ठाउँकी ४० वर्षीया सरस्वती राई, म्याग्दी गाउँपालिका ६ बस्ने ३० वर्षीय लालबहादुर परियार घाइते भएका छन् ।
सामान्य घाइते भई मलेखु टिचिङ अस्पतालमा उपचाररत नवलपरासी कावासोती नगरपालिका १५ बस्ने ४० वर्षीय विजय बोटे र तनहुँ व्यास नगरपालिका ११ बस्ने १८ वर्षीय कोपिला राई भने डिस्चार्ज भएका छन् । घाइतेहरू सबैलाई धादिङको गजुरी अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचारपश्चात काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते
रवि लामिछानेलाई चितवनमा ५४ लाख धरौटी माग
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
रविलाई हिरासतमा राख्न चितवन अदालतको आदेश
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो