स्याङ्जाको वालिङमा आज जीप दुर्घटनामा परी मृत्यु हुने ५ जनाको नाम वतन खुलेको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीय शर्मिला सारु, उनका ६ महिनाका छोरा र वडा नं १४ का ६५ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।
जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ डाँडाखर्क बस्ने ६० वर्षीय अंग बहादुर दाला, ५५ वर्षीया माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुमपोखरा तर्फ गुडेको ग १ ज ७३९९ नम्बर जीप आज बिहान १० बजेतिरको समयमा दुर्घटनामा परेको थियो । सडकबाट झण्डै २०० मिटर तल जीप खसेको प्रहरीको भनाई छ ।
घाइते सबैको अवस्था गम्भिर रहेको र थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो