पोखरा । एडस रोग नियन्त्रण संघ कास्कीले स्थापनाको रजत वर्षलाई विविध कार्यक्रमका साथ सम्पन्न गर्ने भएको छ।
संघले रजत वर्षको सन्दर्भमा राधाकृष्ण विद्याश्रम लामेआहालमा रहेका वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेर अभियानको शुरुआत गरेको छ।
संघले उपलब्ध गराएको झण्डै २५ हजार बराबरको दैनिक उपभोग्य सामग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष प्रेम लिगलले संस्थाप्रति धन्यवाद ज्ञापन गरे। लिगलले सामाजिक संघसंस्थाको सहयोग नै आश्रमका गतिविधि सञ्चालनका मुख्य श्रोत रहेकाले समय समयमा आश्रमलाई सम्झन आग्रह गरे।
सो अवसरमा आश्रमकातर्फबाट संघको सहयोगका लागि धन्यवाद ज्ञापनसहित सम्मानसमेत गरिएको थियो।
आश्रममा आश्रित १०३ वर्षकी वृद्ध मानकुमारी श्रेष्ठलाई प्रमुख अतिथि बनाएर वृद्धवृद्धाको आशीर्वाद लिएर संस्थाको जीवन्तता यस्तै दीर्घ रहन सकोेस् भन्ने अभिप्रायले वृद्धाश्रमबाट कार्यक्रम शुरु गरेको अध्यक्ष विश्वमोहन गौचनले बताए।
संघले वर्षभरि समय अनुकुल विविध कार्यक्रमका साथ रजत वर्षलाई पूरा गर्ने र अबको कार्यक्रम बालबालिकालाई स्टेशनरी सामग्री हस्तान्तरण गर्ने रहेको पनि संस्थाले जनाएको छ।
स्मरण रहोस् २५ वर्ष अगाडि स्थापना भएको संस्थाको संस्थापक अध्यक्षका रुपमा रहेर नेतृत्व गर्दै आएका विश्वमोहन गौचनकै नेतृत्वमा उक्त संस्था चलायमान हुँदै आएको छ। एडस रोग नियन्त्रण संघले लक्ष्मी, प्रतिबद्धतालगायतका टेलिचलचित्र र सचेतना गीत निर्माण गरी समुदायमा एचआइभी र एडसका बारेमा सचेतना छर्दै आएको छ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन