नेकपा एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका २१ जनाको नाम सिफारिस गरिने भएको छ ।दुवै पदमा तीन-तीन जनाको नाम पठाउनुपर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षी सबैको नाम जिल्ला पार्टी कार्यालयमा सिफारिस गर्ने निणर्य गरेको हो ।
मेयरमा १२ जना र उपमेयरमा ९ जनाले आकांक्षा देखाएकोमा सबैको नाम सिफारिस गर्ने निर्णय भएको महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए । शुक्रबार निर्वाचन प्रक्रियाबाट नाम सिफारिस गर्ने तयारी गरिए पनि अन्तिममा जिल्लालाई नै सबै जिम्मा दिइएको छ ।
मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, पुष्पराज अधिकारी, बालासिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, प्राडा विश्वकल्याण पराजुली आकांक्षी छन् ।
उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य र बलराम गायक गन्धर्वको दाबी छ ।
सम्बन्धित समाचार:
पोखराको मेयर उम्मेदवार छान्न एमालेले आन्तरिक चुनाव गर्दै, पृथ्वीसुब्बा र खगराज पक्षबीच संघर्ष
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते