सरकारले करिब ८० अर्ब अमेरिकी अनुदान तथा विश्व बैंकबाट १८ अर्ब सहुलियत ऋण लिने

सरकारले करिब ८० अर्ब अमेरिकी अनुदान तथा विश्व बैंकबाट १८ अर्ब सहुलियत ऋण लिने

GyanendraKarki_20211119163235

काठमाण्डौ।  सूचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निनर्णयहरु सार्वजनिक गरेका छन् । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गरेका हुन् ।

बैठकले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । अमेरिकाको सरकारका विभिन्न विकास नियकाबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सुनाउँदै मन्त्री कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds