कुटपिट गरी श्रीमतीको हत्या

कुटपिट गरी श्रीमतीको हत्या

death body

मोरङ । मोरङमा एक व्यक्तिले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।

जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर ३२ वर्षीया पानो टुडुको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

नारायणले मादक पदार्थ सेवन गरेर चैत २९ गते श्रीमतीलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी पानोको उपचारका क्रममा बिहीबार राति विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।

श्रीमती हत्याका आरोपी नारायण फरार रहेकाले खोजी तीव्र पारी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ