पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ।
पोखरा रंगशालामा आज (बिहिबार) भएको र्फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो।
४–४ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। यसअघि खेलमा शितलज्योतीको तर्फबाट लिले गुरुङ, प्रतिक गुरुङले समान १ गोल गरेका थिए भने शहिल गुरुङले २ गोलको योगदान दिएका थिए।
यता च्याम्पियन बनेको युनाईटेड क्लबका लागि विशाल बिक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए। भने शितलज्योतीको तर्फबाट १ आत्मघाती गोल भएको थियो।
उपाधि जितेको युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्राप्त गर्याे। त्यसैगरी उपविजेता बनेको शितलज्योतीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्रदान गरेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार उक्त प्रतियोगिताबाट हेम्जा युनाईटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी घोषित भए।
त्यसैगरी सोही क्लबकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतीका सरोज विक उत्कृष्ट डिफेण्डर, सोही क्लबकै लिले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतीकै प्रतिक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने छ।
एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता रहेको थियो। उक्त लिग गत २१ गतेदेखि पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान र पोखरा रङ्गशालाको वैकल्पिक खेल मैदानमा सञ्चालन गरिएको थियो।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने