काठमाडौँ । रुसको कृष्णसागरमा विष्फोटपछि क्षतीग्रस्त भएको एक शक्तिशाली युद्धपोत (लडाकू पानीजहाज) डुबेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो । ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी भएपछि युद्धपोत खाली गरिएको थियो । युद्धपोतमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बुझिएको छ ।
सोभियत कालमा बनेको यो युद्धपोत कृष्णसागरमा तैनाथ रुसी जलसेनाको सबै भन्दा ठूलो हतियार थियो । रुसले युद्धपोतमा प्राविधिक समस्याले विष्फोट र आगलागी भएको जनाइएको छ ।
तर युक्रेनले भने आफ्ना सेनाले प्रहार गरेका दुईवटा मिसाइलले युद्धपोतमा क्षती पुर्याएको दावी गरिरहेको छ ।
१२ हजार टन तौलको उक्त युद्धपोत दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।
मस्कभा क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।
युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।
एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो।
सम्बन्धित खबर
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
दिल्लीमा भाजपाको बहुमत, केजरीवालले पनि हारे चुनाव
अमेरिकामा १० यात्रु बोकेको विमान बेपत्ता, दुर्घटनाको आशंका
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने