अंश विवादमा ६२ वर्षीय बृद्ध बाबुको हत्या

अंश विवादमा ६२ वर्षीय बृद्ध बाबुको हत्या

Hatyaa

सांकेतिक तस्विर

मोरङ । मोरङमा जग्गा अंशवण्डाको विवादलाई लिएर छोराले वृद्ध बाबुको हत्या गरेका छन् ।

बेलबारी नगरपालिका–७ काफ्ले टोलका ३१ वर्षीय बासुदेव कार्कीले बिहीबार दिउँसो १२ः३० बजेतिर बुवा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अंशको विषयलाई लिएर बासुदेव र उनका भाइ २८ वर्षीय तीर्थराज कार्कीबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाजु–भाइको झगडा छुट्याउन गएका बेला बासुदेवले बुवालाई कुटपिट गरी ढुंगा बिछ्याएको आँगनमा पछारिदिएका थिए ।

छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका जयबहादुरको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बासुदेवले आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ ।

प्रहरीले बाबुको हत्यामा संलग्न अभियोगमा बासुदेवलाई पक्राउ गरेको छ । उनका भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ