राप्रपा नेपालसँगै परिवार दल पनि नेकपा एमालेको सूर्य चिह्न लिएर स्थानीय तहको चुनाव लड्ने भएको छ । नेकपा एमाले र परिवार दलबीच वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई दलका तर्फबाट चुनावी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
परिवार दलले आफ्ना उम्मेदवार नभएको ठाउँमा एमालेलाई मत दिने भएको छ । दुई वटा संविधान सभामा समानुपातिक तर्फबाट एक सीट जितेको परिवार दलले पछिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक सीट पनि जित्न सकेको थिएन ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ