लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ

लुकाई छिपाई लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ

police-arrest

सांकेतिक तस्विर

काठमाडौं। इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको राजधानी दिल्ली जान लागेका कन्हैयालाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ गरेको छ।
लुकाई छिपाई लैजाने लागेको नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ सहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds