काठमाडौँ वर्ल्ड स्कूल शहर-शहरमा स्वदेशी शिक्षा प्रवर्द्धन अभियान चलाउँदै, वैशाख ३ गते पोखराको होटल सहारामा कार्यक्रम

काठमाडौँ वर्ल्ड स्कूल शहर-शहरमा स्वदेशी शिक्षा प्रवर्द्धन अभियान चलाउँदै, वैशाख ३ गते पोखराको होटल सहारामा कार्यक्रम

Kathmandu World School

पोखरा । विगतका बर्षमा झैं यसबर्षपनि काठमाडौँ वर्ल्ड स्कूलले नेपाल टुर गरिरहेको छ । मुलुकका ठूला शहरहरुमा स्वदेशी शिक्षा प्रवर्द्धन अभियान जारी रहेको स्कूलले जनाएको छ ।

चितवन, बुटवल, भैरहवा लगायतका शहरमा अभियान सम्पन्न गरिसकेको स्कूलले यही वैशाख ३ गते पोखराको लेकसाइड स्थित होटल सहारामा शैक्षिक कार्यक्रम गर्दैछ । कार्यक्रम शनिबार दिउँसो २ बजेदेखि हुनेछ ।

बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने उक्त स्कूलले गत वैशाखमा पनि पोखरामा शैक्षिक कार्यक्रमको आयोजना गरेको थियो । स्कूलले देशैभरि अन्तरक्रियात्मक नेपाल टुर कार्यक्रम गरिरहेको छ ।

स्वदेशमै गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गरिएको स्कूलले जनाएको छ । स्कुलका अध्यक्ष इञ्जिनियर डा. ई. मिथिलेस कुमार झाले गुणस्तरीय शिक्षाको खोजीमा विदेशीनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको बताएका छन् ।

शैक्षिक मेलामा अभिभावक, विद्यार्थी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्वनबारे समेत छलफल हुनेछ । स्कूलका प्राचार्य केशर खुलालले नेपाल टुर मार्फत स्कुलको शैक्षिक गतिविधिबारे बुझाइने बताए । उच्चशिक्षाको खोजीमा विदेशीने विद्यार्थीलाई लक्षित गरी स्वदेशमै अन्तर्राष्ट्रिय पूर्वाधार सहितको स्कुल स्थापना गरिएको उनको भनाई छ ।

नेपाल टुरको इभेण्टस् म्यानेजमेन्ट ड्रिम हाइ नेपालले गरेको छ । पोखरामा स्थानीय व्यवस्थापन प्रतिक ईभेण्ट्सले गरेको हो । चौधरी ग्रुपको सिजी होल्डिङ्गसद्वारा सञ्चालित भक्तपुरको सूर्यविनायकमा अवस्थित काठमाडौं वल्र्ड स्कुलले स्वदेशमै अन्र्तराष्ट्रिय मापदण्ड र सुविधा सहितको शिक्षा दिँदै आएको छ ।

यो स्कूल नेपालमा शैक्षिक गुणस्तरका कारण विशिष्टकृत स्कूलका रुपमा परिचित छ । विद्यार्थीको राम्रो भविष्यका लागि अभिभावकलाई छोराछोरी पठाउन काठमाडौ वर्ल्ड स्कूलले आग्रह समेत गरेको छ । अन्तरक्रियात्मक कार्यक्रममा पोखराका शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकहरुको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको छ ।

आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कूलले जनाएको छ ।

२०७५ सालदेखि सञ्चालनमा आएको स्कूलले यही वर्षदेखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको स्कूलले जनाएको छ । हाल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ । कक्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानून संकायको अध्यापन हुँदै आएको स्कूलले जनाएको छ ।

सम्बन्धित समाचारः

अन्तर्राष्ट्रिय स्तरको काठमाडौं वर्ल्ड स्कूलको पोखरामा शैक्षिक अन्तरक्रिया

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds