२४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

२४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

rape-sexual-abuse-784×441

सुर्खेत। विरेन्द्रनगर नगरपालिका निवासी २४ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विरेन्द्रनगर नगरपालिका वडा नं – ५ बस्ने ३१ वर्षीय सुग्रिव नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार राति सोही वडाको कालिका टोल नजिकैको जंगलमा सुग्रिव नेपाली र सोही स्थान बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने सूचना लगत्तै खटिएको प्रहरीको टोलीले घटनामा संग्लग्न मध्ये सुग्रिव नेपालीलाई पक्राउ गरेको हो।

घटनामा संग्लग्न अर्का रोशन गुरुङ हाल फरार छन्। उनको खोजीकार्य भइरहेको छ भने, पक्राउ परेका नेपालीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ