पोखराको मेयरमा एमालेबाट १२ जनाको आवेदन, उपमेयरमा ११ जना

पोखराको मेयरमा एमालेबाट १२ जनाको आवेदन, उपमेयरमा ११ जना

pokhara-mahanagar

पोखरा । पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरका लागि ११ जनाले नाम टिपाएका छन् ।

मंगलबार एमाले पोखराको बैठकमा प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली र राजीव पहारीले मेयरका लागि आन्तरिक उम्मेदवारी दिएका हुन् ।

यसैगरी, उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गरेका हुन् ।

अघिल्लो चुनावमा पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा मन्जुदेवी गुरुङ निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ