काठमाण्डौ। नेपालमा अर्थतन्त्रका सूचकहरू झनै नकारात्मक बनेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गएको साउनदेखि फागुनसम्मको विवरणअनुसार मूल्य वृद्धि सात दशमलव १४ प्रतिशत पुगेको छ । यस्तै चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु तथा व्यापार घाटा ३४.५ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात/आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १४७ अर्ब ३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १२१ अर्ब ३६ करोड बराबरको भएको थियो ।
राष्ट्र बैंकले यो वर्ष मूल्य वृद्धिलाई ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको थियो । अरू प्रायः सबै सूचकहरू पनि नकारात्मक बनेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गएको साउनदेखि फागुनसम्ममा वैदेशिक व्यापारमा ११ खर्ब ६१ अर्ब रुपैयाँ घाटा भएको छ । यो गएकाे वर्ष यही अवधिको तुलनामा ३४ दशमलव पाँच प्रतिशत धेरै हो ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो