गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । २२ वर्ष अघि निकै रुचाइएको गीत हो “पहिलो नजर”। अमित गुरुङको सिर्जनामा भाई गुरुङले उक्त गीतमा आवाज भरेका थिए। एउटै गीतबाट उनलाई सफलता मिल्यो। गीतलाई मन नपराउने कोहि भएनन् । सबैको मनमा बस्न सफल भयो । जताततै गुन्जिन थाल्यो। खासगरी युवायुवतीहरुको रोजाईमा पर्न सफल भयो।
तत्कालिन समयमा पोखराबाट बनेका गीतले राम्रै सफलता पाउथ्यो। यहाँको पप गीतसंगीतलाई रुचाउनेहरुको जमात बाक्लो थियो। जसमा भाई गुरुङको “पहिलो नजर” नपर्ने कुरै थिएन। ५० को दशकमा ब्याण्डहरुको राजधानीका रुपमा पोखरालाई परिचित गरिन्थ्यो। भाई गुरुङ त्यस्ता बेला उदाए जतिबेला यहाँबाट स्थापित ब्याण्ड नेपथ्य, कन्दरा, देउराली, लेकालीको राम्रै प्रभाव थियो।
उसो त भाई गुरुङ रहरले संगीतमा आएका हुन्। उनको रहर सबैका लागि अमृत हुन्छ भन्ने कुरा उनी आफैलाई पनि सायद पत्तो थिएन । गीत चल्यो र सबैको मुखमा झुण्डियो । पेशाले व्यवसायी समेत रहेका भाई गुरुङ यतिबेला फेरि सोहि गीत मार्फत सार्वजनिक भएका छन् । पहिलो नजरलाई रिमेक गरेका छन् । रिएरेण्ज गर्दै म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन्।
भाई गुरुङले सार्वजनिक गरेको म्युजिक भिडियोलाई रुचाउनेहरुको जमात पनि बढ्दै गएको छ। हिजो अडियो मन पराउनेहरुले आज भिडियोलाई समेत मन पराउन थालेका छन्। रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई भाई गुरुङले आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन्। सार्वजनिक भएको तीन दिनमै उक्त म्युजिक भिडियोलाई मन पराउने हरुको संख्या एक लाख २९ हजार भन्दा बढी छ।
मिलन शंकरको छायाँकनमा बनेको गीतमा सागर थापा र कृष्टिना थापाको अभिनय छ। पोखराका विभिन्न स्थानमा छायाँकन गरिएको गीतबाट भाई गुरुङ आशावादी देखिन्छन् । भन्छन्,‘२२ वर्ष अघिको माया फेरि पाउनेमा विश्वस्त छु।’
पछिल्लो समय चलेका पुराना गीतलाई रिमेक गर्ने प्रचलन बढ्दो भएकाले आफुले पनि पहिलो नजरलाई रिमेक गरेको भनाई उनको छ । गोपाल रसाइलीको संगीत संयोजनमा निर्माण भएको गीतबाट राम्रै प्रतिक्रिया आइरहेको उनी बताउँछन् ।
भाई गुरुङको गीतको विषयमा बोल्दै पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा कन्दरा ब्याण्डका ड्रमर एवम् कुशल संगीतकार सुनील थापाले भाई गुरुङले समयानुसार आफुलाई परिवर्तन गर्न खोजेको बताए । उनले २२ वर्ष पुरानो गीतलाई अहिलेको नयाँ जेनेरेशनले समेत उत्तिकै मन पराउने बताए । इमानदारिता र व्यवसायिक जिम्मेबारीमा कमी हुँदा पोखराको संगीत सुस्ताएको भनाई उनको छ । पोखरेली संगीतका विषयमा अन्तरक्रिया गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन्। डिजीटल मिडियामा पोखरा पछाडी पर्दा यहाँबाट बनेका संगीत माथि उठ्न नसकेको तर्क उनको छ । तर पछिल्लो समय भने केही कलाकारको गीत निर्माण गर्ने निरन्तरता प्रति भने उनी सन्तुष्ट देखिन्छन् । पुराना गीतलाई रिमेक गर्दा सकरात्मक रुपमा बुझ्न उनको आग्रह छ।
गायक विनोद बानियाँले पहिलो नजरले ५० को दशकको पोखरेली संगीतको चामलाई ब्यँुताएको बताए । उनले मेकिङको हिसाबले भिडियो पनि उत्कृष्ट बनेको अभिव्यक्ति दिए। गायन,संगीत, निर्देशन सबै पक्षबाट गीतले सफलता पाउनेमा उनी विश्वस्त छन्। संगीतमा समन्वय पाटो कमजोर हुँदा पोखरेली संगीत उठ्न नसकेको तर्क उनको छ । पोखरामा संगीत क्षेत्रमा लागेका हरेकले एकले अर्कोसँग हातेमालो नगरेसम्म गीतसंगीत माथि उठ्न नसक्ने उनी बताउँछन्।
रोहन नेपाली पोखराका निर्देशकलाई पत्याएको खण्डमा आउटपुट पनि राम्रो दिन सक्ने दाबी गर्छन्। ‘गीतको म्युजिक भिडियो निर्माणका लागि काठमाडौं नै जानुपर्छ भन्ने सोच अब फालौं’, उनी भन्छन्, ‘राम्रा सिर्जना र लगानी भएमा काठमाडौं भन्दा राम्रो आउटपुट हामीले पनि दिन सक्छौं ।’ भाई गुरुङको म्युजिक भिडियो निर्देशन गर्न पाउँदा उनी खुशी देखिन्छन्।
चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका सह—सचिव एवम् कलाकार रेम विकले पोखराको संगीत क्षेत्र पछिल्लो समय तातिरहेको बताए। जसको निरन्तरताको कामना उनले गरेका छन्। पोखरेली संगीतलाई माथि उठाउन पत्रकारिता क्षेत्रबाट समेत सहयोग मिल्ने भनाई उनको छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी