बाघको आक्रमणबाट १ जनाको मृत्यु

बाघको आक्रमणबाट १ जनाको मृत्यु

tiger

काठमाडौँ । बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगर रहेका छन् ।

सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो–हल्ला गरी बाघलाई भगाएका थिए ।

बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ