कास्की लिगः क्वाटरफाईनलका खेल मंगलबार

कास्की लिगः क्वाटरफाईनलका खेल मंगलबार

pp

पोखरा । कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ।

पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल आज (सोमबार) सकिएको हो। लिग चरणका खेल सकिएसँगै क्वाटरफाईनल खेल पोखरा रङ्गशालामा सञ्चालन गरिने खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए।

उनका अनुसार पहिलो समुहबाट हेम्जा युनाईटेड क्लब ८ र नव आदर्श युवा क्लब १० अंक सहित अन्तिम आठमा प्रवेश गरेको छ । दोस्रो समुहबाट विष्णु पादुका क्लब ९ र ड्यामसाईड क्लब १० अंक सहित क्वाटरफाईलमा स्थान बनायो।

तेस्रो समुहबाट सत्य युवा क्लब र शितलज्योती क्लब समान १२ अंक सहित छनौैट भयो।

अर्काे समुहबाट एलजी एशोसियसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंक सहित क्वाटरफाईनलमा प्रवेश गर्याे।

क्वाटरफाईनलका खेल मंगलबार पोखरा रङ्गशालामै हुने संयोजक गुरुङले जानकारी दिए। उनका अनुसार पहिलो खेल नव आदर्श र शितलज्योती बिच हुनेछ। दोस्रो खेल सत्य युवा क्लब र हेम्जा युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ। तेस्रो खेल ड्यामसाईड र भ्याली स्पोर्टस् बिच हुने खेल हुनेछ।

अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एशोसियसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ