अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री

अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री

janardan-sharma

काठमाण्डौ।  अर्थमन्त्री जनार्दन शर्माले सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जनाएका छन् । अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गरे ।

उनले भने, ‘अहिले विदेशी मुद्राको सबैभन्दा ठूलो खपत इन्धन आयातमा भइरहेको छ । यसलाई न्युनिरकण गर्न मुख्य सचिवको संयोजकत्वमा एक समिति बनाई विदेशी मुद्रा सञ्चितीका लागि के के काम गर्न सकिन्छ भनेर सुझावका लागि खटाईएको छ । यसबारे छलफल भइरहेको छ ।’

उद्योगधन्दा ठिक ढङ्गले सञ्चालनमा रहेको, विप्रेषण आप्रवाह पनि सकारात्मक रूपमा वृद्धि भएको अर्थमन्त्री शर्माले तथ्याङ्क पेश गरे । उनका अनुसार गत फागुन मसान्तसम्म मात्रै ९१ अर्ब बराबरको विप्रेषण आयात भएको छ ।

अर्थमन्त्रीले विप्रेषण आप्रवाह नियमित रूपमा बृद्धि हुने क्रममा रहेको तथा राजश्व पनि लक्षित सीमाभन्दा बढी उठीरहेको तथ्य पेश गर्दै अनावश्यक प्रचार र हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds