म्याग्दी । जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ, मलम्पार लगायतका अन्य गाउँका स्थानियलाई यस भन्दा अगाडी सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनु परेको थियो । कुनै जानकारी र सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न र गराउन घण्टौं पैदल यात्रा गरेपछि सम्बन्धित ठाउँमै पुगेर मात्र जानकारी हुने गर्दथ्यो ।
यो क्षेत्रमै मोवाईल सेवा नहुँदा स्थानियले निकै सास्ती खेप्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ भने स्थानियबासी पनि खुसी भएका छन् ।
नेपाल टेलिकमले धौलागिरी गाउँपालिका वडा नं ५ मल्कबाङको धुरीमा १२ मिटर अग्लो टावर निर्माण गरि टुजी र थ्रीजी सेवा एकसाथ सञ्चालनमा ल्याए सँगै नमस्ते मोवाईल प्रयोगकर्ता लाभान्वित भएका छन् ।
टावर सञ्चालनमा आएपछि धौलागिरी गाउँपालिकाको वडा नं ५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगंगा गाउँपालिकाको वडा नं ८ कुईने खानी, मालिका गाउँपालिकाको वडा नं ७ बिमको अधिकांश भूभागमा कभरेज भएसँगै स्थानिय खुसी भएका हुन् ।
टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । शर्माले भनें “म्याग्दी जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोवाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ ।”
यो क्षेत्रमा पहिले नेटवर्क नै थिएन धेरै भुभाग र बस्तीमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भूभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाई छ ।
आफ्ना पालिकाबासी नागरिकको सूचना र सञ्चारको समस्यालाई मध्यनजर गरि गाउँपालिकाको सहयोग, स्थानियबासी सँग समन्वय र नेपाल टेलिकम सँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोवाईल सेवा सुचारु गर्न सफल भएको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिईन् । टेलिकमले उक्त स्थानमा मोवाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिले देखि धौलागिरी गाउँपालिका र स्थानिस सँग आवश्यक समन्वय र गृहकार्य गरिरहेको थियो ।
टेलिकमले उक्त टावरमा डेढ दुई हप्ता भित्र अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।
मोवाईल सेवा सुचारु भएपछि पहिले डाँडा तिर धाउनु पर्ने बाध्यता हटेको स्थानिय समाजसेवी अमर छन्त्यालले बताए । भौगोलिक विकटता सँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न पाउँदा र मोवाईलमा ईन्टरनेट चलाउन पाउँदा आफुहरु हर्षित भएको धौलागिरी गाउँपालिका वडा नं ५ मलम्पार निवासी घन बहादुर दर्जीको भनाई छ ।
सम्बन्धित खबर
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी
म्याग्दीमा रुखबाट खसेर एक जनाको मृत्यु
सडकमार्ग खुलाएर १ दिनको यात्रा अब चार घण्टा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर